Logo

यी महिलासँग विवाह गर्ने पुरुषले पाउनेछन् दुई खर्ब रकम



हरेक आमाबाबुको आफ्नो बच्चाको विवाह गर्ने सपना देखेका हुन्छन् । कसैले विवाह धुमधामसँग गर्न चाहन्छन् भने कसैले गुपचुप गर्न चाहन्छन् । एउटा बुबाले आफ्नो छोरीको विवाह धुमधामसँग गर्न चाहन्छन् । उनले छोरीसँग विवाह गर्ने पुरुषलाई दुई खर्ब नेपाली रुपैयाँ बराबरको डलर दिन चाहन्छन् तर सुहाँउदो वर भेट्टाएका छैनन् ।

हङकङका सेसिल चाओको छोरीको नाम जिनी हो । उनी ३३ वर्षकी भईन् । उनका बुबाले ४ वर्षअघि छोरीको विवाह गर्ने सोच बनाएपनि छोरीले केटालाई अस्विकार गर्दै आएकी छिन् । उनले महिलासँग नै विवाह गर्ने इच्छा भएको बताउदै आएकी छिन् ।

महिला लेस्बिएन हुन् । छोरी लेस्बिएन भएको थाहा पाएर बाबुले ठुलो रकमको अफर गरेका हुन् । पहिला ४ अर्ब नेपाली रुपैयाँ बराबरको रकम अफर गरेका बाबुले पछिल्लो समयमा दुई खर्ब दिने भनेपछि केटाहरुको लर्को लागेको छ । तर जिनीले विवाह गर्न मानिरहेकी छैनन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्