Logo

महाभारतको युद्धमा श्रीकृष्णले हनुमानको रिस यसरी शान्त पारे



महाभारतको युद्धमा अर्जुनको रथमा हनुमान बस्थे । उनी कुनै कुनै समय कौरवको सेना तिर हेर्ने गर्थे । उनले हेरेको देखेर कौरवका सेनाहरु युद्ध भुमि छाडेर भाग्थे । हनुमानको दृष्टिको सामुन्ने पर्ने कसैको थिएन् ।

कर्ण र अर्जुनबीच युद्ध चलिरहेको थियो । कर्णले अर्जुनमाथि निरन्तर वाण चलाएका थिए एउटा वाणले कृष्णलाई पनि लागेको थियो । कृष्णको कवच झरेर उनका कोमल अंगमा चोट लागिरहेको थियो ।

रथको छतमा बसेर पवन पुत्र हनुमानले तल हेरिरहेका थिए । कृष्णलाई चोट लागेको देखेर हनुमान रिसले चुर भए उनले अकस्मात उग्रतर गर्जना गरेर दुई हातले उठाएर कर्णलाई मार्न जुरुक्क उठे ।

हनुमानको भयंकर गर्जन सुनेर ब्रम्हण्ड नै फाटेजस्तो भएकोले कौरव सेनाहरु पहिल्यै भागे । पाण्डवका सेनाहरु पनि भाग्न थाले । हनुमानको क्रोध देखेर कर्णको हातबाट धनुष तल झर्यो । भगवान कृष्णले तत्काल उठेर आफ्नो दक्षिण हात उठाए । हनुमानलाई स्पर्श गरेर सम्झाए, ‘तिम्रो क्रोध देखाउने समय होइन । ’

कृष्णले सम्झाएपछि उनी रोकिए पनि उनको क्रोध भने नियन्त्रण गर्न सकेका थिएनन् हनुमानले घुरेर हेरेको देखेर कर्णको सारथी डराउन थाले । हनुमान को रिस शान्त नभएको देखेर कृष्णले कर्ण तिम्रो आँखाको दृष्टिबाटै मर्नेछ भन्दै चेतावनी दिएपछि हनुमान आफ्नो आराध्यदेवतिर हेरेर शान्त भएर बसे । धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्