Logo

कोरोनाको दास्रो लहर आए विश्व अर्थतन्त्रमा कस्तो असर पर्ला



एजेन्सी, २५ असार । विश्वभर फैलिएको कोरोना भाइरसले सम्पूर्ण देशको अवस्थालाई डामाडोल पारेको छ । देशहरु लकडाउनको अवस्था भोगीरहेको छ । सम्पूर्ण गतिविधिहरु ठप्प छन् । यसले विश्वकै अर्थतन्त्रलाई धक्का पुर्याएको छ । भाइरसको दोस्रो लहर आउन सक्ने अनुमान समेत गरिएको छ । दोस्रो लहर आए यसले भयावह रुप लिने जनाइएको छ । साथै अर्थतन्त्रलाई नराम्रो असर पुग्ने छ ।

विश्व अर्थतन्त्रको गिरावत ५ प्रतिशतले हुने रुसी सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदवेदेवले एक अन्तरवार्तामा जनाएका हुन् । विश्वको अर्थमा व्यापक गिरावट आउने र रुस समेत गहिरो चपेटमा पर्ने उनले बताए । यस महामारीलाई लड्न हामी सक्षम भए, कामलाई पुनः सक्रिय रुपमा निरन्तरता दियो भने अर्थव्यवस्थालाई चाँडो उकास्न सक्ने विश्वास व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्