Logo

प्राकृतिक विपत्ति सुरु, सरकार मुकदर्शक !



असार २५, काठमाण्डौ । हरेक बर्ष बर्खायाम सुरु भएसंगै देशका विभिन्न ठाउंहरुमा बाढिपहिरो र डुबान जस्ता प्रकृतिक विपद्तीबाट ठुलो धनजनको क्षति हुने गरेको छ । तर राज्यलाई त्यो कुरा थाहा हुदाहुदै पनि आवश्यक पूर्व तयारी गर्न भने सकेको छैन । यो बर्ष पनि देशका विभिन्न ठाउँमा विपत्तिबाट जनधनको क्षति हुन थालेको छ ।

नेपालमा गत वैशाखदेखि अर्थात मनसुन सुरु भएयता बाढीपहिरो, चट्याङ्, ढुबान प्राकृति विपद्बाट हालसम्म ८ सय ४ वटा विपद्जन्य घटना भएको छ । मनसुन अझै जारी रहेकोले विपद्बाट कतिले ज्यान गुमाउनुपर्ने हो एकिन छैन । यस्तो अवस्थामा अहिलेसम्म सरकारको तयारीलाई हेर्ने हो भने त्यस्तो कुनै ठोस योजना र तयारी देखिदैन ।

बिहिबार मात्र सिन्धुपालचोक जिल्लाको बाह्रबिसे नगरपालिकास्थित जम्बु बजार बगाएको छ । भारी वर्षासँगै आएको बाढीले ठुलो जन धनको क्ष्ति त ग¥यो नै कही मानिसहरुको ज्यान गएको छ भने केही अझै बेपत्ता छन । यहीबाट पनि प्रष्ट भएको छ की संघीय सरकार र स्थानीय सरकारको तयारी कस्तो छ भन्ने कुरा । सरकारले बिपद मनसुन पुर्वतयारी योजना २०७७ तयार गरेर कार्यकारी समितिबाट पारीत गरी कार्यान्वयन गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई सुचना गरिसकेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता जनार्दन गौतमले जानकारी दिएका छन् ।

प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा सबैभन्दा धेरै वर्षा हुने र जोखिम बढी हुने प्रधिकरणको सर्वेक्षणले पनि देखाएको छ । तर मुलुकमा यही वैशाखदेखि हालसम्म गरी ८ सय ४ वटा विपद्जन्य घटना हुँदा १ सय ४ जनाको मृत्यु भइसकेको छ । सबैभन्दा बढी क्षति चट्याङबाट भएको छ । चट्याङ्मा परेर ४७ जनाले ज्यान गुमाएका छन् ।

दोस्रोमा पहिरोबाट ३६ जनाले ज्यान गुमाइसकेका छन् । विपद्का घटनाबाट अहिलेसम्म तीन हजार ६०० परिवार प्रभावित भएका छन् । दुई हजार ५ सय १५ घरमा आंशिक र २ सय ४५ घर पूर्णक्षति भएको छ । उक्त अवधिमा झण्डै रु ४३ करोड बराबरको आर्थिक तथा भौतिक क्षति भएको प्रवक्ता गौतमले बताए ।

यसैबीच गृहमन्त्री रामबहादुर थापाले बाढी पहिरोको जोखिमअनुसार तयारी बढाउन र सुरक्षा निकायलाई उच्च शतर्कता रहन निर्देशन दिएका छन् ।

सिंहदरबारमा बिहीबार बसेको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठकले केहि दिन भारी बर्षा हुने र बाढी पहिरोको उच्चजोखिम देखिएको भन्दै उच्च शतर्कता रहन निर्देशन दिएका हुन् ।

यो बर्ष जेष्ठदेखि नै बर्षा भइरहेकाले मध्यबर्षाले ठूलै संकट आउन सक्ने आकंलन प्राधिकरणले गरेको छ । गृहमन्त्री थापाले जनताको जिउ धनको सुरक्षा गर्न चुनौती खडा भएको सम्पूर्ण तयारीका साथ बस्नुपर्ने पनि धारणा राखेका छन् ।

केन्द्रको कार्यसमिति लगाएत सम्बन्ध सवै संस्था र बिभागहरु २४ घण्टा नै सतर्क बस्नुपर्ने भन्दै उनले घटना घट्नासाथ तुरुन्तै परिचालन हुनुपर्ने र यसका लागि स्थानीय तहमा रहेका संरचना पनि निर्माण भएको जानकारी दिए ।

बैठकमा प्राधिकरणका प्रतिनिधिहरुले बर्षाले पार्न सक्ने जोखिमका बारेमा जानकारी गराएका थिए । सिन्धुपाल्चोकका विभिन्न ठाउँमा गएको बाढी पहिरोले ठूलो जनधनको क्षति भएपछि आकस्मिक रुपमा प्राधिकरणको बैठक बसेको हो ।

विपद्मा परेकाहरुको उद्धारकार्यलाई हेर्न हो भने प्रभावकारी देखिएको छैन । तर्सथ सरकारले बनाएको नीति तथा कार्ययोजना कागजमा मात्रै सिमित नराखी व्यवहारमा लागु नगरेसम्म बर्सेनी प्राकृतिक विपद्बाट हुने धनजनको क्षतिलाई न्यूनिकरण गर्न सकिदैन ।



प्रतिक्रिया दिनुहोस्