Logo

श्रीलङ्काद्वारा नीतिगत दरहरूमा कटौती



२५ असार : श्रीलङ्काको केन्द्रीय बैंक (सीबीएसएल)को मौद्रिक समितिले केन्द्रीय बैंकको स्थायी निक्षेप सुविधा दर (एसडीएफआर) र स्थायी कर्जा सुविधा दर (एसएलएफआर) मा १०० आधार बिन्दु घटाएर क्रमशः ४।५ प्रतिशत र ५।५ प्रतिशत गर्ने निर्णय गरेको छ ।

कोरोनाभाइरसको विश्वव्यापी महामारीका कारण प्रभावित अर्थतन्त्रलाई सघाउने उद्देश्यले गरिएको नीतिगत दरहरूमा परिवर्तन गर्ने निर्णय समितिको बुधबारको बैठकले गरेको बिहीबार सार्वजनिक प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

“बजारको कर्जा दरमा थप कटौती गर्ने उद्देश्यले यो निर्णय भएको हो र यसले वित्तीय प्रणालीलाई अर्थव्यवस्थाको उत्पादक क्षेत्रलाई आक्रामक रुपमा बढाउन प्रोत्साहित गर्दछ, जसले कोभिड–१९ बाट प्रभावित व्यवसायहरुलाई व्यापक अर्थव्यवस्थाको रूपमा सहयोग प्रदान गर्दछ,” सीबीएसएलले भनेको छ ।

सन् २०२० को दोस्रो त्रैमासिकमा श्रीलङ्काको आर्थिक वृद्धि महामारीका स्थिर बनेको तथा वित्तीय र मौद्रिक उत्तेजनाका साथै संरचनात्मक सुधारका माध्यमबाट सुधारको आशा गरिएको बैंकले जनाएको छ । श्रीलङ्काको व्यापार घाटा सन् २०२० को पहिलो पाँच महिनामा कम भएकोे छ साथै आयातमा निर्यातभन्दा बढी संकुचन देखिएको थियो ।

अर्थतन्त्रको उत्पादक क्षेत्रमा थप तरलताको उपयोग गर्नुपर्ने देखिएको छ । साथै अर्थतन्त्रको खाँचोमा परेका क्षेत्रलाई सहयोग पु¥याउन केन्द्रीय बैंकले घोषणा गरिरहेको सहुलियत कर्जा योजनाहरू पनि प्रयोग गर्नुपर्ने बैंकले बताएको छ । यो सीबीएसएलले यस वर्ष गरेको पाँचौं नीतिगत दर सुधारको घोषणा हो ।सिन्ह्वा



प्रतिक्रिया दिनुहोस्