Logo

मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारी विवादमा, ट्वीटप्रति अध्यक्षको आपत्ती



काठमाडौं, २५ असार । राष्ट्रिय मानवअधिकार आयोगकी अध्यक्ष मोहना अन्सारी फेरि विवादमा आएकी छिन् । यसपटक उनी आफ्ना लागि भन्दा अर्काका लागि बोल्दा विवादमा परेकी हुन् ।

सरिता गिरीमाथि जनता समाजवादी पार्टीले सांसदबाट हटाउने गरी कारबाही गरेको घटनालाई अन्सारीले खेत व्यक्त गरिन् । २३ असारमा उनले ट्वीट गर्दै आपत्ती जनाएकी हुन् ।

अन्सारीको यो कदमलाई राष्ट्रिय मानवअधिकार आयोगले आपत्ती जनाएको छ । आयोग अध्यक्ष अनुपराज शर्माले प्रेस विज्ञप्तिमार्फत् यसलाई आयोगको धारणा नभई व्यक्तिगत भएको बताएका छन् । आयोगको नीतिभन्दा बाहिर गएर नबोल्ने समेत सदस्यहरुलाई आग्रह गरेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्