Logo

भारतीय सञ्चारमाध्यमका समाचार भ्रामक: प्रधानमन्त्री सल्लाहकार थापा



काठमाडौँ, २५ असार : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कतिपय भारतीय सञ्चारमाध्यमले केही दिनयता गलत, भ्रामक र मर्यादाहीन समाचार सम्प्रेषण गरिरहेको प्रति आपत्ति जनाएका छन् ।

सल्लाहकार थापाले सामाजिक सञ्जालमार्फत भनेका छन्, “ती सञ्चारमाध्यमको अभिष्ट राम्रैसँग बुझ्न सकिन्छ । तिनले पत्रकारिताबाहेक अरूथोक मात्र गरिरहेका छन् । तीन करोड नेपालीजनमा यस्ता आधारहीन सम्प्रेषणले कुनै अर्थ राख्दैनन् । बरू जिम्मेवार पत्रकारिताका निम्ति यस्तो सम्प्रेषण स्वयंमा लज्जाको विषय भएको छ ।”

कतिपय भारतीय सञ्चारमाध्यमले प्रधानमन्त्री ओली र नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीलाई जोडेर अनर्गल समाचार प्रवाह गर्दै आएका छन् । प्रधानमन्त्री ओलीले यही असार १४ गते जननेता मदनकुमार भण्डारीको जन्मजयन्तीका कार्यक्रममा नेपालले अतिक्रमित भूमिलाई समेटेर आफ्नो नक्शा छापेवापत भारतीय संयन्त्रले नेपालमा सरकार परिवर्तन गर्न लागेको अभिव्यक्ति दिएका थिए ।रासस/File Photo



प्रतिक्रिया दिनुहोस्