जर्बजस्ती करणीको आरोप लागेपछि वेपत्ता भएका सियोलको मेयर मृत फेला


एजेन्सी, २६ असार । दक्षिण कोरियाको राजधानी सियोलका मेयर पार्क वन सुन मृत फेला परेका छन् । उनी बिहीबारदेखि वेपत्ता भएपछि सियोल प्रहरीले निरन्तर खोजी गरेको थियो।

सुन घरबाट निस्किने क्रममा उनले आफ्नो छोरीका लागी सन्देश छाडेको उनकी छोरीले बताएकी छिन् । उनको शव उत्तरी सियोलस्थित रहेको माउन्ट बुगाक नजिक फेला परेको प्रहरीले जनाएको छ । मृत्युको कारण भने अझै पत्ता नलागेको प्रहरीले बताएको छ ।

सुन वेपत्ता भएको एक घण्टा पूर्व उनीमाथि जबरजस्ती करणीको आरोपमा उनकै एक महिला कर्मचारीले आरोप लगाएकी थिइन् । तर, सो आरोप भने अहिलेसम्म पुष्टि भएको छैन। उनले वेपत्ता हुने दिनको सम्पूर्ण मिटिङ र भेटवार्तालाई रद्द गरेका थिए । प्रहरीका अनुसार उनलाई सिसिटिभिमार्फत उक्त क्षेत्रमा गएको देखिएको जनाइएको छ । उनको खोजीमा ६ सय प्रहरी, ड्रोन र कुकुरहरुको मद्दत लिइएको थियो । उनले डेमोक्रेटिक पार्टीका तर्फबाट सन् २०११ मा मेयरको पदग्रहण गरेका थिए ।