Logo

चिनियाँ राजदूतको नेकपा नेताहरुसँगको भेटवार्ताबारे गौचनको यस्तो छ टिप्पणी (भिडिओसहित)



काठमाडौं, २६ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रोमी गौचन थकालीले आफ्नो लेभलले नेपाल भारत द्धिपक्षीय सम्बन्धलाई सक्रिय र सक्षम बनाउनुपर्नेमा जोड दिएका छन् । सरकारले भारतीय टिभी च्यानलहरु बन्द गर्ने निर्णय गर्नुले पनि दुई देशबीच कहीँ न कहीँ समस्या छ भन्ने कुरा पुष्टि गरेको पनि उनको भनाई छ । बिहीबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । त्यस्तै, उनले नेपालका लागि चिनियाँ राजदूतले नेकपाका शीर्ष नेताहरुले पछिल्लो समय भेटिरहेको विषयमा विभिन्न टिकाटिप्पणीहरु भैरहेको उल्लेख गर्दै यस खालका भेटको बास्तविकता त राजदूत होउ यान्छीलाई नै थाहा हुने भएपनि राजदूतले चिनियाँ कम्युनिष्ट पार्टीको ढाँचा नेकपामा लागु गर्न खोजेको हो भने गलत हुने तर्क गरे ।



प्रतिक्रिया दिनुहोस्