Logo

ओली एक्लो बृहस्पति हुन खोज्दा समस्याको समाधान निस्किएन् : पूर्वमन्त्री मण्डल (भिडिओसहित)



काठमाडौं, २६ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री शिवकुमार मण्डलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विधि, पद्धती, सिद्धान्त मान्नुपर्ने बताउँदै बैठकबाट भाग्न नहुने स्पष्ट पारेका छन् । बिहीबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको विशेष कुराकानी कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मण्डलले पार्टी एकता जोगाउनको लागि र अहिलेको समस्या समाधानको लागि अर्का अध्यक्ष पुष्पकमल दाहालले निरन्तर सम्वाद गर्ने गरेको र हदैसम्मको लचकता पनि प्रदर्शन गरेको सुनाए । तर, प्रधानमन्त्री एवम् अध्यक्ष ओली चाहीँ एक्लो बृहस्पति हुन खोजेको उनको आरोप छ । यही कारणले गर्दा समस्याको समाधान निस्कन नसकेको उनले मूल कारण सुनाए ।



प्रतिक्रिया दिनुहोस्