Logo

जग्गा व्यवसायीलाई धम्की दिने ज्योतिष अर्जुन कुमार थापा अख्तियारको नियन्त्रणमा



 

काठमाडौ, २६ असार । जग्गा व्यवसायीलाई धम्की दिएको अभियोगमा ९ जनालाई अख्तियारले नियान्त्रणमा लिएको छ । काठमाडौं बुढानिलकण्ठ २ चपलीका जग्गा व्यवसायीसँग जग्गाको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ भन्दै पटक –पटक धम्क्याएको सुचनाको आधारमा अख्तियारले अनुसन्धान गरेको थियो ।

जग्गा व्यवसायीलाई फोनबाट सूचना कर्तालाई पटक–पटक मिसकल गर्ने, फोन रिसिभ गर्दा आफूलाई अनुसन्धान अधिकृत भनी अख्तियारमा उजुरी परेको थियो । अनुसन्धान प्रकृया अगाडि बढेको भनी जानकारी गराउने, अनुसन्धान प्रक्रिया रोक्ने भए मलाई भेटनुस जस्ता एस.एम.एस. पठाउने, फोन गरी भेट्न बोलाई डर धाकधम्की देखाई बार्गेनिङ गरी रकम मिलाएको अभियोगमा आफुलाई ज्योतिष भन्ने अर्जुन कुमार थापा क्षेत्री, विजय रावल, जगदिश खड्का, राजेन्द्र कुमार श्रेष्ठ, राजेश गुरुङ, शम्भु प्रसाद रेग्मी, शंकर बिक्रम खड्का, श्याम सिंह थापा र विवेक पोखरेललाई नियन्त्रणमा लिई अनुसन्धानको लागि महानगरीय अपराध महाशाखा टेकुमा पठाएको अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्