Logo

जुवातास खेलिरहेको अवस्थामा पक्राउ



कास्की, २६ असार । जुवातास खेलिरहेको अवस्थामा निर्मल बहादुर भट्टराई लगायत ५ जनालाई नगद सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पोखरा ड्यामसाईडस्थित निर्मल बहादुर महराको घरमा जुवातास खेलिरहेका भट्टराई लगायत ५ जना नगद २३ हजार ३ सय ३५ रुपैयाँ र ४ बुक तास सहित पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्