Logo

गाँजा सहित पक्राउ



मकवानपुर, २६ असार । अवैध लागूऔषध गाँजा सहित राम बहादुर भोलन सहित ३ जना बिहीबार दिउँसो पक्राउ परेका छन् । हेटौंडा चिसापानी चोकबाट अवैध लागूऔषध गाँजा ७ केजी सहित सोही स्थानका भोलन समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्