Logo

दीपाश्री निरौलाको बारेमा यसो भन्छन् प्रकाश सुबेदी



काठमाडौ, २६ असार । लकडाउनको समयमा फुर्सदमा भएका कलाकारहरु विवादमा आइरहेका छन् । कति कलाकारले त सामाजिक सञ्जालमार्फत आ–आफ्नो पिडा पनि पोखे । नायिका साम्राज्ञी शाहले भोगेको पिडा पोख्दा अभिनेता तथा नायक भुवन केसी पनि मुछिए ।

भुवन आफुलाई निर्दोष साबित गर्न कलाकार महासंघमा पनि निवेदन दिन पुगे । त्यस्तै पुजा शर्माले पनि एक अन्र्तवार्तामा सोधिएका प्रश्नको गलत उत्तर दिदाँ सामाजिक सञ्जाल तताइन् ।

पछिल्लो समयमा निर्देशक तथा कलाकार दीपाश्री निरौलाले एक टेलिभिजनको अन्र्तवार्तामा राजेश हमाललाई ‘महानायक’ होर भनी गरेको प्रतिप्रश्न ले विवादमा परीन् । धेरै दर्शकले त उनको कडा आलोचना पनि गरे । दीपासँगै निर्देशक दीपकराज गिरीपनि ‘महानायक’ शब्दमा नै फेरी विवादमा तानिएका छन् ।

कलाकारहरु विवाद र एक अर्काको बचाउ गर्ने क्रम जारी रहेको बेला प्राइम टाइम्स टेलिभिजनको रजतपट कार्यक्रमका प्रस्तोता एंव निर्देशक प्रकाश सुबेदीले दीपामाथी अभद्र र अशोभनिय टीका टिप्पणी नगर्न आग्रह गरेका छन् । प्रकाशले लेखेका छन्, ‘दीपाश्री निरौला एक कलाकार र निर्देशक मात्र नभई उनी कसैकी छोरी र चेली पनि हुन् । उनी एक नेपाली नारी हुन् । ’  तस्वीर प्रकाश सुबेदीको फेसबुक



प्रतिक्रिया दिनुहोस्