Logo

एलिजा अभिनित गीतले पायो सर्वाधिक भ्युज (भिडियोसहित)



काठमाडौ, २६ असार । नायिका एलिजा गौतमले अभिनय गरेको गीत निकै लोकप्रीय भएको छ । धेरैको यसमा चासो बढेको छ । शुभारम्भ डिजिटल म्युजिकले हालै ‘आधी कपाल’ बोलको गीत बजारमा ल्याएको हो ।

यो गीत सार्वजनिक भएको पाँच दिनमै पन्ध्र लाखभन्दा धेरैले हेरेका छन् । यस गीतको शब्द नेत्र अर्याल, संगीत खेम सेन्चुरी, एरेन्ज विनोद बाजुरेली, स्वर चर्चित गायक अंमृत सापकोटा र लोकप्रिय गायिका समिक्षा अधिकारीको रहेको छ ।

म्युजिक भिडीयोको छायाँकन ज्ञानेन्द्र शर्मा, सम्पादन विकास ज्ञवाली र निर्देशन शिव विकले गरेका छन् । सर्वाधिक दर्शकले हेरेको म्युजिक भिडियोमा नायिका एजिला गौतम, दुर्गेश थापा, आयुषा गौतम र एरिका धमलाको अभिनय रहेको छ । भिडियो हेर्नुहोस्ः



प्रतिक्रिया दिनुहोस्