Logo

युवतीले ट्याटु खोप्दा शरीर नचल्ने भयो, जिवनभर व्हिलचेयर बन्यो सहारा



मानिसहरुको असिमित इच्छा हुन्छन् । तिनै इच्छाले गर्दा कैयौ पटक हामीले अमुल्य चिज गुमाउन पुग्छौ । त्यस्तै एक युवतिले फेशनको पछि लाग्दा पुरै शरीरमा समस्या आएको छ । ट्याटु खोप्ने रहर हरेक व्यक्तिमा हुन्छ । तर रहर हुदैमा आफ्नो शरीरको पनि ख्याल गर्नुपर्छ ।

कोलम्बियाकी १६ वर्षिया लुसियाले फेसनको लािग आफ्नो दाहिने स्तनमा ट्याटु बनाएकी थिइन् । उनलाई ट्याटु बनाउदा आफ्नो जिन्दगी नै धरापमा पर्छ भन्ने सोचेकी थिइनन् । शुरुमा बनाउदा त निकै खुशी भएकी उनी केहि समयपछि बिरामी भइन् । डाक्टरले बिरामी हुनुको कारण ट्याटुले इन्फेक्शन भएको जानकारी दिए ।

उनको शरीरका इन्फेक्शन भइसकेकाले उनको पेटमा हुर्किदै गरेको गर्भपात गर्नुप¥यो भने ब्याक्टेरीयाले स्पाइनल कार्डलाई पनि प्रभावित गरेकाले उनको शरीर नचल्ने भएको छ । लुसिया अहिले व्हिलचेयरको साहाराले हिड्ने गर्छिन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्