Logo

पत्नीको हत्या गरी सर्पले टोकेर मृत्यु भएको भन्ने पति



भारतको मध्य प्रदेशमा एक युवकले आफ्नी पत्नीको हत्या गरेर मानिसहरुलाई झुक्याए । युवकले श्रीमतीको हत्या गरेपछि सर्पले टोकेर निधन भएको भन्दै प्रहरीलाई निवेदन दिएका थिए । उनले सर्प राजस्थानमा खरिद गरेको प्रहरीले बताएको छ । ३६ वर्षका हमितेश पेटरिया एक प्राइवेट बैकमा काम गर्थे । एकदिन दिउँसो घर आए । पत्नीको हत्या गरे ।

उनले श्रीमतीको हत्या गरेपछि अस्पताल पु¥याएका थिए । उक्त समय श्रीमतीको निधन भइसकेको अस्पतालले जनाएको छ । उनले अस्पतालमा सर्पले टोकेर मुत्यु भएको बताएका थिए ।

तर पोस्टमार्टमको रिर्पोटमा सर्पले टोकेर नभई मुख थुनेर मृत्यु भएको रिर्पोट आएको थियो । २ बच्चाकी आमा समेत रहेकी पत्नीको हत्या पश्चात हातमा सर्पको दाँत गाडेको जस्तो बनाएका थिए । ताकी मानिसहरु झुक्किन सकुन् ।

युवाले किनेको कोबरा सर्प ५० हजारमा खरिद गरी ११ दिन अगाडी नै घरमा ल्याएका दराजमा राखेका थिए । दाँतको निशान राख्नको लागि पत्नीको हत्या गर्नु ५ मिनेट अगाडी सर्पलाई मारेका थिए । उनीहरुको ३ वर्षअगाडीदेखि वैवाहिक सम्बन्धमा खटपट आएको प्रहरीले जनाएको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्