Logo

अष्ट्रेलिया बन्यो माधव न्यौपानेको तीज गीत “विदेशको भूत हरियो डलर”(भिडियोसहित)



असार २६, काठमाण्डौ । तीज आउन डेढ महिना बाँकी छ । नेपालमा भने तीज गीतको लहर व्यापक चलेको छ । युटुवदेखि टिकटकसम्म तीजै गतीमात्रै टेडिडमा भेटिन्छन् । लोकगीतका पारखी धेरै भएर होला, गीत सार्वजनिक गर्ने होड नै चलेको छ । तीज गीत निकाल्ने स्थापित कलाकारदेखि कलामा करियर खोज्दै गरेका सिकारुसम्म छन् । तीज गीत मौलिकता जोगाउने र कलाकारलाई मञ्चमा चिनाउने गतिलो माध्यम भएको छ ।

यसैविचमा लगातार समय सान्दर्भिक गीत निकाल्दै आएका सर्जक माधव अधिकारीले पनि तीज गीत बजारमा ल्याएका छन् । अष्टेलियामा रहेका मावधको गीतमा माईती जान नपाएकी चेलकिो बेदना भन्दापनि अष्टेलिया जान नपाएका यूवाहरुको कथा व्यवाथालाई समेटिएको छ ।

केही वर्ष यतादेखि उच्च शिक्षाका लागि विदेश जाने नेपाली विद्यार्थीको संख्या बढिरहेको तथ्यांकले देखाएको छ । प्सल टु सकेर वैदेशिक अध्ययनका लागि विदेश जाने विद्यार्थीको फेसननै बनिसकेको छ । धेरैको गन्तव्य अष्टेलिया बन्दै आएको छ ।

यसैलाई व्यड्ग्य गर्दै गायक तथा सजर्क माधव न्यौपानले तीज गीत बनाएका हुन् । उनले विदेशको भूत हरियो डलर नाम दिएका छन् । गीतमा युवा यूवतीले अष्टेलियामा जाने र हरियो डरल कमाउने सपना बुन्छन् । समुन्द्रको किनारमा घुमदै सेल्फि खिच्ने र रमाउने योजना गीतको कथामा छ । नेपाल र अष्टेलिया दुबै ठाँउमा छांयाकन गरिएको भडियोले नेपालका युववापुस्ताका चाहनालाई प्रष्ट झल्काउँछ ।

खुमन अधिकारी र प्रति आलेको स्वरमा रहेको गीतको लय गायक अधिकारीकै हो । गीतमा शब्द माधव न्यौपानेको छ, भने अभिनय उनी आफैले गरेका छन् । साथमा प्रतिक्षा अधिकारी पछिन छिन् । उनीहरु भएको भिडियो अष्टेदियामा खिचएको हो । यता नेपालमा खिचिएको भिडियोमा भने महेश खड्का , श्रृष्टि खड्काले अभिनय गरेका छन् ।

एमएम ईन्टरटेन्मेन्ट ईभेन्टबाट हाले सार्वजीक गीतको संयोजक कृष्ण विक हुन् । अडियो मिक्सिङ श्यामस्वेत रसाईलीले गरेका हुन् । अष्टेलिया सिनेमाग्राफर श्री पराजुली हुन् । भिडियोको छायांकन सुरेश श्रेष्ठ, निर्देशन प्रकाश भट्ट र सम्पादन बिष्णु शर्माले गरेका हुन् ।

एक दर्जनभन्दा बढी गीत निकालिसकेका माधव न्यौपाने समाजमा देखिएका यथार्थ र कटु सत्यलाई गीतका माध्ययमबाट बाहिर ल्याउँने सर्जक मानिन्छन् । उनका यसअघिका १४ अञ्चल ससुराल, बनको न्याउली, लकडाउनको डोरी, ढुकुर ढुकुरनी लगायत गीतले चर्चा कमाएका थिए ।



प्रतिक्रिया दिनुहोस्