Logo

आइजीपी क्षेत्रीलाई बधाई दिन प्रहरी प्रधान कार्यालयमै किन पुगे सेनापति थापा



काठमाडौं, २६ असार । आइजीपी शैलेश थापा क्षेत्रीलाई बधाई दिन प्रधानसेनापति पूर्णचन्द्र थापा प्रहरी प्रधान कार्यालय नक्शाल पुगेका छन् । उनी आज थापालाई बधाई तथा शुभकामना सहित बधाई दिन पुगेका हुन् ।

सेनापतिले आइजीपीलाई पुस्तकहरु र खुकुरी समेत प्रदान गरे । थापा क्षेत्री पुस्तक प्रेमी हुन् । सेनापतिलाई आइजीपीले मायाको चिनोको रुपमा मोमेन्टो प्रदान गरेका थिए । सेनापति थापा र आइजीपी क्षेत्रीबीच सेना र प्रहरीबीच आपसी हित, सहकार्य र समन्वयका सम्बन्धमा छलफल समेत भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

आइजीपी थापा सुरक्षा निकायमा भद्र र सालिन व्यक्तित्वका रुपमा परिचित छन् । उनी सबैका प्रीय पनि हुन् ।-Photo Source: Nepal Police



प्रतिक्रिया दिनुहोस्