बाढीपहिरोबाट ३५ को ज्यान गयो, ३४ वेपत्ता (३१ जेठ देखि २६ असारबीचको विवरण)


काठमाडौं, २६ असार । देशमा बाढीपहिरोबाट जेठ ३१ देखि असार २६ सम्ममा ३५ जनाको ज्यान गएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको सम्बोधनका क्रममा तथ्यांक प्रस्तुत गर्दै ११ जिल्ला अत्यन्त प्रभावित रहेको भन्दै ३४ जना वेपत्ता भएको जानकारी दिए ।

प्रधानमन्त्रीका अनुसार ८ जिल्ला पहिरोले र ३ जिल्ला भिषण बाढी र पहिरो दुवैले प्रभावित भएको छ । बाढी र पहिरो दुवैले प्रभावित भएको जिल्लामा सिन्धुपाल्चोक तनहुँ र म्याग्दी छन् । हालसम्म ३२ जना घाइते भएका छन् । एक सय घर क्षतिग्रस्त भएका छन् । ३०१ परिवार विस्थापित छन् ।