Logo

लकडाउनका बखत भारतबाट झण्डै तीन लाख र अन्य मुलुकबाट २३ हजार फर्किए



काठमाडौं, २६ असार । लकडाउनको झण्डै चार महिना विदेशबाट नेपाली आउने क्रम जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने क्रममा आज साँझ प्रस्तुत गरेको तथ्यांकमा अन्य मुलुकको तुलनामा भारतबाट निकै बढी नेपाली स्वदेश फर्किएका छन् ।

प्रधानमन्त्रीका अनुसार लकडाउन अवधिभर अहिलेसम्म भारतबाट स्वदेश फर्किएका नेपालीको संख्या २ लाख ८८ हजार ८ सय ६४ छ । अन्य मुलुकबाट भने २३ हजार २ सय ५४ जना फर्किएका छन् । अन्य मुलुकको तुलनामा भारतबाट मात्र आठ गुणा बढी नेपाली स्वदेश फर्किएका छन् ।

भारतसँग नेपालको भौगोलिक र सांस्कृतिक सहजतासँगै समानताले पनि आवतजावत सजिलो भएको हो । नेपालीहरु ठुलो संख्यामा भारतमाा काम, अध्ययन, स्वास्थ्योपचारलगायतका लागि पुग्ने गर्छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्