Logo

सरोज सिटौला ऋषि धमलासँग रोए, सार्वजनिक यातायात चलाउन नसक्ने (भिडिओसहित)



काठमाडौं, २६ असार । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले आफूहरु अहिलेको अवस्थामा गाडी चलाउन नसकिने स्पष्ट पारेका छन् । सिटौलाले बैङ्कको ऋण किस्ताको पुनर्तालिकीकरण, ब्याजदरमा सहुलियत, पुनर्कर्जाको व्यवस्थालगायतको माग सम्बोधन नभएकाले तत्कालै कुनै खालका सार्वजनिक सवारी नचलाउने निर्णय भएको जनाए । प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको विशेष कुराकानी कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दा सुरुमै सिटौलाले आँशु नै झारे । सरकारले सहुलियपूर्ण कर्जाको व्यवस्था नगरे धेरै व्यवसायीसँग गाडी सडकमा निकाल्ने खर्च नै नहुने उनको भनाई छ ।

उनले सरकारले सार्वजनिक यातायात खोल्ने निर्णय गरेपनि आवश्यक सुरक्षाको व्यवस्थाबारे केही नबोलेकोमा पनि गुनासो पोखे । चालक तथा सहचालकहरुको स्वास्थ्य विमा गर्नको लागि सरकारसँग पटक पटक आग्रह गरिएको भएपनि अहिलेसम्म यसबारेमा सुनुवाई नभएको उनले जनाए । हेरौं भिडिओको पूरा अंश :



प्रतिक्रिया दिनुहोस्