Logo

लाज लाग्दैन् ? भन्दै नेकपाका नेताहरुमाथि गर्जिए डा. मिनेन्द्र रिजाल (भिडिओसहित)



काठमाडौं, २६ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको द्धन्द्धलाई आन्तरिक द्धन्द्धको संज्ञा दिएका छन् । शुक्रबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले नेकपाको आन्तरिक द्धन्द्ध चुलिएको बेलामा नेपालका लागि चिनियाँ राजदूत पनि त्यसैगरि घुम्दै हिँडेको देख्दाखेरि आम रुपमा राजदूत प्रधानमन्त्रीलाई जोगाउन हिँडेकोजस्तो ईम्प्रेशन गएको टिप्पणी गरेका छन् ।

उनले भनेका छन्,’उहाँकै पार्टीकाले बोलेका छन् । मैले बोल्या छैन् ऋषिजी । प्रधानमन्त्रीले आफूलाई विदेशीले हटाउन लागे भनेर बोल्नुभयो । उहाँकै पार्टीका नेताहरुले फेरि उहाँलाई चीनले जोगाउन लाग्यो भनेर बोलेका छन् । उहाँहरुले आफ्नै पार्टीलाई आधि भारतको, आधि चीनको बनाउनुभयो । उहाँहरु त्यस्तो चर्को राष्ट्रवादी नारामा चुनाव जितेर आएको, अब अहिले चाहीँ नेपाली कोही बाँकी नरहे आधि भारतीय र आधि चिनियाँ हुने खतरा निर्माण गर्नुभयो, उहाँहरुलाई लाज लाग्दैन् ? ‘



प्रतिक्रिया दिनुहोस्