Logo

पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा बृद्धि



काठमाडौं, २७ असार । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रू १ ले बढाएको छ । निगमले बढाएको मूल्यपछि अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर रू १०२ पर्नेछ ।

त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रू ८८ पर्ने भएको छ । बढेको मूल्य शुक्रवार राति १२ बजेदेखि लागू हुने निगमले जानकारी दिएको छ । खाना पकाउने ग्यास तथा हवाई इन्धनको मूल्य भने यथावत रहेको खबर आजको समाचारपत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्