Logo

प्रेस काउन्सिलले पठायो भारतलाई पत्र, नेपालको बदनाम गर्ने मिडियामाथि कारवाही गर्न आग्रह



काठमाडौँ, २७ असार । भारतीय मिडियाले नेपालबारे गरेको टिप्पणीप्रति आपत्ति जनाउँदै प्रेस काउन्सिल नेपालले भारतको प्रेस काउन्सिलको नामलाई पत्र लेखेको छ ।

भारतीय प्रेस काउन्सिलका अध्यक्ष चन्द्रमौली कुमार प्रसादलाई सम्बोधन गर्दै काउन्सिलले यही जुलाइ १० मा पत्र लेखेको हो । पत्रमा भारतीय केही टेलिभिजन च्यानलले नेपालका प्रधानमन्त्री र भिनियाँ राजदूतलाई जोडेर गरिएका अनर्गल प्रचारप्रति कदम चाल्न भारतीय प्रेस काउन्सिललाई आग्रह गरिएको छ ।

काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठको हस्ताक्षर सहितको पत्रमार्फत भारतीय मिडियाले आधारहिन समाचार पस्केको भन्दै आपत्ति जनाइएको छ । साथै त्यस्ता सामग्रीले नेपालको स्वाभिमान र निष्ठामाथि हमला भएको काउन्सिलले जनाएको छ ।

‘नेपालका प्रधानमन्त्री र नेपालका लागि चिनियाँ राजदूतको प्रेम सम्बन्ध भएको भन्ने जस्ता कलोकल्पित र बनावटी भिडिओ भारतको जी न्युज च्यानलबाट प्रशारण भएका छन् । र जुन सामाजिक सञ्जालमा सनसनीपुर्ण रुपमा प्रचार गरिएको छ । यस्तो बनावटी भिडिओले कपोकल्पित सूचना मात्रै दिएको छैन, बरु सार्वभौम राष्ट्रको निष्ठामाथि आक्रमण पनि भएको छ,’ काउन्सिलले जारी गरेको पत्रमा उल्लेख भएको खबर आजको अन्नपुर्णले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्