Logo

उडिरहेको विमानभित्र जुम्ल्याहा बच्चाको जन्म



काठमाडौं, असार २७ । मङ्गोलियाकी एक महिलाले उडिरहेको विमान भित्रै जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । टर्कीको राजधानी स्तानबुलदेखि मङ्गोलियाको राजधानी उलान बाटोरतर्फ गइरहेको बेला ४२ वर्षीया महिलाले जुम्ल्याहा शिशु जन्माएकी हुन्।

सामान्य अवस्थाभन्दा दुई महिनाअगाडि नै सुत्केरी भएकी ति महिलाले शुक्रबार बालिकालाई जन्म दिएको अन्र्तराष्ट्रिय समाचारहरुमा उल्लेख छ ।

हाल बच्चा र आमा दुवैलाई आइसोलेसनमा राखिएको छ । कोरोनाका कारण नियमित विमान सेवा सञ्चालन नभएकाले उनीहरू चार्टर गरिएको विमानमार्फत् यात्रा गरेका थिए । ती महिलासँगै मङ्गोलियाका २६० जना यात्रु टर्कीबाट सो विमानमार्फत् मङ्गोलियाको यात्रामा रहेका थिए ।



प्रतिक्रिया दिनुहोस्