Logo

भावी राष्ट्रपति मानिएका सिओलका मेयर सुनले किन गरे आत्महत्या



एजेन्सी २७ असार । दक्षिण कोरियाका दोस्रो शक्तिशाली अधिकारी थिए पार्क वन सुन । सिओलका ६४ वर्षीय मेयर सुनको राजनीतिक उचाई यसरी बढेको थियो कि उनलाई भावी राष्ट्रपतिका रुपमा लिइन्थ्यो ।

कुनैबेला सुन मानवअधिकारसम्बन्धी वकिल थिए । तर, उनको आत्महत्याले धेरैलाई आश्चर्यमा पारेको छ । नौ वर्ष सिओलको मेयर बनिसकेका उनीमाथि एक महिलाले यौन र्दुव्यवहारको आरोप लगाइन् । दक्षिण कोरियामा कुनै पनि उच्च अधिकारीलाई यौन र्दुव्यवहारको आरोप लगाइएको यो पहिलोपटक हो ।

घटनालगत्तै उनी बिहिबार हराएका थिए । छोरीले यसबारे प्रहरीमा जानकारी गराएकी थिइन् । खोजीका क्रममा उनी आत्महत्या गरेको अवस्थामा भेटिए ।

सुनले आत्महत्या गर्नु अघि सुसाइड नोट लेखेर छाडेको घरमै भेटिएको छ । कोरियाली सञ्चारमाध्यमले शुक्रबार उनको सुसाइड नोटको खुलासा गरेका छन् । जसमा उनले सबैसँग माफी माग्दै आफ्नो जीवनभर सहयोग गर्नेलाई धन्यवाद व्यक्त गरेका छन् ।-File Photo: Agency



प्रतिक्रिया दिनुहोस्