Logo

म्याग्दी पहिरोः ११ जनाको ज्यान गयो, २३ जना अझै बेपत्ता



म्याग्दी, २७ असार । लगातारको वर्षापछि शुक्रबार बिहान आएको पहिरोमा बेपत्ता भएका ३४ जनामध्ये ११ जनाको शव फेला परेको छ । २३ जना अझै बेपत्ता छन् । मृतकहरुको पहिचान खुलेको छैन ।

धौलागिरी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष राजाराम सुवेदीका अनुसार मराङमा १० जना र रघुगंगा गाउँपालिकाको ठाडाखानीमा १ जना गरी ११ जनाको शव फेला परेको हो ।

पहिरोमा मराङको रिख, कल्लेनी, राम्चे, नाम्रुक, कम्दी बस्तीमा अझै ११ जना, ताकममा ३ जना र मालिका गाउँपालिका–७, विमको दुलेमा ८ जना गरी २३ जना अझै बेपत्ता छन् ।

जिल्ला प्रहरी प्रमुख डीएसपी किरण कुँवरका अनुसार शुक्रबार मालिका गाउँपालिका केन्द्र दरवाङ पुगेको प्रहरी तथा सेनाको उद्धार टोली शनिबार विहान घटनास्थलतर्फ पैदल हिँडेको छ । प्रहरीका अनुसार तल्लो क्षेत्रको मौसम केही सुधार भएकोले केही राहत सामग्री लिएर सेनाको हेलिकोप्टर पनि उड्ने तयारीमा छ ।

बाढीपहिरोले ४३ घर पुरिएका छन । पहिरोमा के कति पशुचौपाया र धनसम्पत्तिको क्षति भयो यकिन विवरण संकलन नभएको समाचार आजको कान्तिपुर दैनिकले प्रकाशन गरेको छ । FIle photo



प्रतिक्रिया दिनुहोस्