Logo

आज यी क्षेत्रमा हुनेछ बाढी र पहिरोको जोखिम



काठमाडौं, असार २७ । शनिबार देशका विभिन्न क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुने भएको छ। जल तथा मौमस विज्ञान विभागका अनुसार यस वर्षको मनसुन सक्रिय भएपछि अहिले विभिन्न ठाउँमा बाढी तथा पहिरोको जोखिमसमेत बढेको छ ।

आज प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशमा बढी वर्षा हुने अनुमान गरिएकाले लगातारको बर्षाले पानीको सतह माथि आइसकेको र जमिन गलिसकेका कारण पहिरोको जोखिम बढेको हो । शुक्रबारमात्रै देशका बिभिन्न भागमा गएको बाढी तथा पहिरोले ११ जनाको मृत्यु भएको छ भने २३ जना अझै वेपत्ता छन् ।

जारी बर्षा अझै दुई दिन कामय रहने भएकाले सम्भावित पानी पर्ने प्रदेशको तराई तथा चुरे क्षेत्रबाट बग्ने नदी, खोला तथा खहरेमा बाढी बढ्ने र समतल भूभागमा डुबानको सम्भावना रहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समेत विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

यस्तै, अहिले सुदूरपश्चिम प्रदेश र प्रदेश ५ का तराईका जिल्लामा केही क्षेत्र र प्रदेश १ तथा २ को तराईका धेरै स्थानमा मध्यम वर्षा भइरहेको छ।



प्रतिक्रिया दिनुहोस्