Logo

पाँच हजार शुल्क तिरेर पिसिआर परीक्षण गर्न पाउने



काठमाडौँ २७ असार : सरकारले सातवटै प्रदेशमा शुल्क तिरेर पिसिआर परीक्षण गर्न पाउने व्यवस्था गरेको छ । मानिसले आफूलाई इच्छाएको बेला शुल्क तिरेर नमूना परीक्षण गर्न पाइने व्यवस्था स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मिलाएको छ । असार २४ गतेको मन्त्रिस्तरीय निर्णयबाट प्रत्येक प्रदेशमा एक प्रयोगशालालाई शुल्क तिरेर निर्देशिका भन्दाबाहेकका नमूना परीक्षण गर्न पाउने व्यवस्था स्वास्थ्यमन्त्री भानुभक्त ढकाललको अध्यक्षतामा व्यवस्था गरिएको हो ।

उनका अनुसार प्रदेश नम्बर १ मा कोशी अस्पताल, प्रदेश नं. २ मा नारायणी अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश नं ५ मा लुम्बिनी अस्पताल बुटवल, कर्णाली प्रदेशमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेत र सुदूरपश्चिम प्रदेशमा प्रादेशिक प्रयोगशाला धनगढीको प्रयोगशालालाई शुल्क तिरेर पिसिआर परीक्षण गर्न पाउने छन् । कोरोनाको नमूना परीक्षण गराउन पाँच हजार पाँच सय लाग्ने छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्