Logo

विपदमा परेकाहरुलाई उद्धार, राहत र व्यवस्थापको काम चुस्त बनाउन सुझाव



काठमाडौं, २७ असार । विपद व्यवस्थापन परिषदको बैठक सम्पन्न भएको छ । शनिबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा विपदमा परेकाहरुलाई तत्काल उद्धार, राहत र व्यवस्थापनको काम चुस्त बनाउन सहभागीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । बाढीपहिरोले बिभिन्न जिल्लामा जनधनको क्षति पुर्याएपछि प्रधानमन्त्री ओलीले परिषदको बैठक बोलाएका थिए । बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, मन्त्रीहरु र सुरक्षा निकायका प्रमुखहरु लगायत सहभागी थिए । तस्विर : प्रधानमन्त्रीको सचिवालय



प्रतिक्रिया दिनुहोस्