एजेन्सी, २७ असार । कुनैबेला विश्वकै धनी बनेका वारेन बफेटलाई सन् २०२० मा एसियाका सर्वाधिक धनी मुकेश अम्बानीले पछि पारेका छन् । रियलायन्स ग्रुपका मालिक अम्बानीले बिहीबार वारेन बफेटलाई पछि पार्न सफल भएका हुन् ।
बफेटको कुल सम्पती ६७.९ बिलियन डलर रहेको छ भने अम्बानी उक्त संख्या पार गर्दै ६८.३ बिलियन डलर बनाउन सफल भएका छन् । यही मार्च महिनामा फेसबुकद्वारा गरिएको १५ बिलियन डलरको सहयोग र रियलायन्स पेट्रलियम पर्दाथकोे एक बिलियन डलरको रिटेल विजनेसको कारोवार भएको कारण वारेन अम्बानीले बफेटलाई पछि पारेका छन् । यो संगै पहिलो एसियन मुकेश अम्बानी विश्वकोे १० धनी मध्येमा परेका छन् ।
८९ वर्षीय वारेन बफेटले बर्कसायर ह्याथवेलाई सन् २००६ मा ३७ बिलियन डलरको सहयोग गरेका थिए। त्यसकारण उनी धनी सुचीमा पछि परेका छन् । अम्बानी तत्काल विश्वको धनी मध्ये आठौँ स्थान कायम गरेका छन् भने बारेन वफेट ९ स्थान कायम गर्न सफल भएका छन् ।




प्रतिक्रिया