Logo

ग्याङस्टर दुबेका पिता र पत्नीले ‘इन्काउन्टर’ लाई सही भनेपछि…



एजेन्सी, २७ असार । भारतका ग्याङस्टार विकास दुबेको शवलाई शनिबार कानपुरमा गाडिएको छ । अन्तिम बिदाईमा उनको परिवारबाट बाबुलगायत आफन्त कोही पुगेनन् । प्रहरी घेराऊ बीच पुगेकी पत्नी रिचा दुबेले घटनालाई सही भनिन् ।

पत्रकारले के यो ठिक भयो भनी सोधेको प्रश्नमा रिचा दुबेले भनिन्, ‘हो यो ठिक भयो ।’ रिचाले सही भयो भनी दिएको उत्तर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

बिकास दुवेका पिता रामकुमार अन्तिम बिदाईमा सहभागी हुन अस्वीकार गरे । उत्तर प्रदेश सरकारले आफ्ना छोरामाथि जे गर्यो ठिक गरेको । उनको भनाई उदृत गर्दै फष्ट पोष्टले भनेको छ, ‘उसले प्रहरीलाई आक्रमण गर्यो जुन माफी दिन लायक थिएन । मुख्यमन्त्रीको दायित्व नै सबै नागरिकको सुरक्ष ा गर्ने हो ।’ बिकासले कहिले आफूहरुले भनेको नमानेको उनको भनाई थियो ।

एएनआईसँगको कुराकानीमा दुबेका पिता रामकुमारले भनेका छन्, ‘के उसले हामीले भनेको मान्यो, उसको जीवन यसरी अन्त हुँदैनथियो । उसले हामीलाई कहिले सहयोग गरेन । उसको कारण हाम्रो पूर्वजको सम्पत्ति समेतमा क्षति पुर्याइयो । प्रशासनले ठिक गर्यो । यदि यस्तो गरिन्थिएन भने भोलि अरु पनि यस्तै निस्कन्थे ।’

यसैगरी दुबेका सहयोगीहरुको संयुक्त अरब इमिरेट्स र थाइल्यान्डमा पनि सम्पत्ति भेटिएको छ । दुबेले तीन वर्षमा १४ देश घुमेको रेकर्ड पत्ता लागेको छ । टाइम्स अफ इन्डियाले दुबेबारे तथ्यहरु खुलाएको छ । उनले २० करोडमा लखनऊमा महल खरिद गरेको विश्वास गरिएको छ ।

शुक्रबार विहानै दुबे झाँसी र काननपुरबीच मारिएका थिए । उनी ३ जुलाईमा आठ प्रहरीको हत्या गरी फरार थिए । ९ जुलाईमा पक्राउ परेका दुबेसहित आठजना सहयोगी मुठभेडमा मारिएका थिए । केही पक्राऊ परेका थिए ।



प्रतिक्रिया दिनुहोस्