Logo

ओलीसँगको मिटिङ छोडेर दाहाल चितवनमा



काठमाडौं, २७ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ता छोडेर गृहजिल्ला चितवन पुगेका छन् । अपरान्ह चितवन पुगेका दाहालले बाढीपहिरोले पु¥याएइको क्षतिबारे जानकारी लिएका थिए ।

दाहालको सचिवालयले जनाएअनुसार उनले नारायणी नदीले कटान गरेको मेघौली र माडी क्षेत्रको स्थलगत अवलोकन गरेका थिए । उक्त क्षेत्रमा तत्कालै तटबन्ध बनाईने आश्वासन दाहाललले स्थानीयहरुलाई दिएका छन् । आफू प्रधानमन्त्री ओलीसँगको बैठक छोडेर बाढिपहिरोले पुर्याएको क्षति अवलोकन गर्न आएको कुरा दाहालले बताएका थिए । दाहाल चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित हुन् ।

प्रधानमन्त्री ओलीलाई राजीनामा गराएरै छाड्ने दाहाल–नेपालको अडान, अब के हुन्छ ?

उनले नारायणी नदीको कटान रोक्नका लागि आवश्यक काम भइरहेकाले डर मान्नुपर्ने अवस्था नरहेको विश्वास दिलाएका थिए । उनले तत्कालका लागि अस्थायी समाधानको काम नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले गरिरहेको बताएका थिए । उनले पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेर आफू निरीक्षणमा आएको जनाएका थिए ।

दाहालले आफू निर्वाचित भएदेखि नै राप्ती र नारायणीमा तटबन्धसहितको चक्रपथ अघि वढाएको बताए । विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्याङ्कन कार्य भइसकेको र बजेटका लागि अर्थ मन्त्रालयमा कुरा भईरहेको दाहालले जानकारी दिए। उनले सरकार सकारात्मक रहेकाले सो काम सम्पन्न हुने विश्वास दिलाए ।

पानीपरेपछि शुक्रबारबाट सो क्षेत्रमा नारायणीले कटान गर्न शुरु गरेको हो । दाहाललाई यस क्षेत्रका प्रदेशसभा सदस्य कृष्ण भुर्तेल र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नदी कटानका बारेमा जानकारी गराएका थिए । दाहालले आजै माडी नगरपालिकाको बाढी प्रभावित विभिन्न क्षेत्रको पनि निरीक्षण गर्दै छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot