Logo

‘फ्रन्टलाईनमा खटिएका पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान’



काठमाडौं, २७ असार । नेपाल प्रेस युनियनले कोरोनाको महामारीकाबीच अग्रपंक्तिमा खटिएर काम गर्ने सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महत, व्यवसायी दिपक मल्होत्रालगायको उपस्थितिमा उक्त स्वास्थ्य सामग्री पत्रकारहरुलाई हस्तान्तरण गरिएको हो ।

सो कार्यक्रममा नेता महतले कोरोना महामारी र प्राकृतिक प्रकोपको भयावह अवस्थामा पनि सरकार संवेदनशील हुन नसकेको आरोप लगाएका थिए । उनले महामारी र प्राकृतिक विपत्तिको रोकथामका लागि सरकार संवेदनशील नभएको टिप्पणी गरेका थिए । महतले सञ्चारकर्मीको व्यावसायिक र पेसागत सुरक्षाका लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने भन्दै महामारीको समयमा समस्यामा परेका सञ्चारगृहलाई पनि सरकारले राहत दिनुपर्ने धारणा राखेका थिए ।



प्रतिक्रिया दिनुहोस्