Logo

आज मृत्यु पुष्टि भएका तीनजना कोरोना संक्रमित को को (विवरणसहित)



काठमाडौं, २७ असार । आज कोरोना भाइरसको संक्रमणबाट तीनजनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । उनीहरुको २५ र २६ असारमा मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

थप तीनजनाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ३८ पुगेको छ । आज मृत्यु पुष्टि भएकाहरुमा दुईजना पाटन अस्पतालमा भर्ना भएका र एकजना काठमाडौं मेडिकल कलेज सिंनामंगल भर्ना भएकाहरु हुन् ।

आज मृत्यु पुष्टि भएकाको विवरण
१. काठमाडौं वडा नं १० शंखमुलका ६० वर्षीय पुरुषको २६ असारमा निधन । फोक्सोमा पानी जमेको र मृगौला रोगका कारण १६ असारमा पाटन अस्पतालमा भर्ना भएका । असार १७ मा कोरोना संक्रमण पुष्टि भएको । २७ असारमा स्वास्थ्य मन्त्रालयले जानकारी दिएको

२. सिन्धुपाल्चोक पाँचपोखरी वडा नं ६ का ४५ वर्षीय पुरुष १८ असारमा क्षयरोगको उपचरका लागि पाटन अस्पताल भर्ना भएका । उपचारका क्रममा २२ असारमा कोरोना पुष्टि भएको । २५ असारमा निधन भएको । २७ असारमा स्वास्थ्य मन्त्रालयले जानकारी दिएको

३. गोकर्णेश्वर नगरपालिका ४ घर भएका ५४ वर्षीय पुरुषको २५ असारमा उपचारका क्रममा निधन भएको । मृगौला रोगका विरामी भई सिनामंगलस्थित नेपाल मेडिकल कलेजमा भर्ना भएकामा २१ असारमा कोरोना संक्रमण पुष्टि भएको । २७ असारमा स्वास्थ्य मन्त्रालयले जानकारी दिएको



प्रतिक्रिया दिनुहोस्