Logo

रुसद्वारा कोरोना भाइरसविरुद्धको खोपको क्लिनीकल परिक्षण पूरा



एजेन्सी, २७ असार । रुसको भेक्टर अनुसन्धान केन्द्रले एन्टि कोरोना भाइरस खोपको पूर्व क्लिनीकल परिक्षण पूरा गरेको छ । पूर्व परिक्षण सफलतापूर्वक पूरा भएको रुसी सेनिटरीका प्रमुख अन्ना पोपावाले शुक्रबार जानकारी दिइन् । पूर्व परिक्षण चाहे अुनसार र सफलतापूर्वक पूरा भएको कारण यसको क्लिनीकल ट्रायल १५ जूलाईदेखि सुरु गरिने समेत उनले एक अन्तरवार्तामा जनाइन् ।

रुसी उप प्रधानमन्त्री टाटियाना गोलिकोभाले कोरोना भाइरस खोपको विकास कार्यतालिका अनुसार अघि बढेको पूर्व जानकारी गराइसकेका थिए । रुसले चार प्रकारका खोपको विकासलाई तीव्रता समेत दिने रुसी स्वास्थ्य मन्त्रीले जनाइसकेका छन् । रुसी नागरिकका लागी रुसी सरकारले आपतकालिन सेवाको समेत व्यवस्था गरको छ ।



प्रतिक्रिया दिनुहोस्