Logo

सोरायसिस रोगमा प्रयोग हुने आइटोलीजुमाब इन्जेक्शनलाई संक्रमितविरुद्व सिमित प्रयोग गर्न अनुमति



एजेन्सी, २७ असार । भारतीय औषधी नियन्त्रकले आपतकालिन कोरोना संक्रमित व्यक्तिविरुद्व सोरायसिस रोगको इन्जेक्शन आइटोलीजुमाबलाई सिमित प्रयोग गर्न अनुमति दिएको छ । उक्त औषधी छालाको रोग सोरायसिस निको पार्न प्रयोग गरिन्छ ।

औषधी नियन्त्रकका प्रमुख डा.भी.जी स्वामीले मोनोक्लानल एन्टीबडी इन्जेक्शन आइटोलीजुमाबलाई अत्यावश्यक कोरोना संक्रमित व्यक्तिमा प्रयोग गर्न अनुमति शुक्रबार दिएका हुन् । उक्त औषधीको क्लिीनीकल ट्रायल साकारात्मक र प्रभावकारी रहेको पाइएको उनले बताए ।औषधीलाई पल्मोनोलोजिष्ट, फार्माकोलोजिष्ट र एम्सका औषधी विज्ञहरुले उपचारका लागी सिफारिस गरेका छन्। बायोकनद्वारा निर्मित आइटोलीजुमाब विगतदेखि सोरायसिसको उपचारको लागी प्रयोग गरिएको छ । उक्त औषधीलाई प्रयोग गर्नुअघि प्रत्येक विरामीको लिखित सहमति आवश्यक रहेको प्रमुखको ठहर छ ।



प्रतिक्रिया दिनुहोस्