Logo

पूर्व अधिराजकुमारी पूर्णिकाले प्रेमीबारे चलेको हल्लाको खण्डन गरिन्



काठमाडौं, २७ असार । पूर्व अधिराजकुमारी पूर्णिका शाहले आफ्नो प्रेमी भएको भनी चलेको हल्लाको खण्डन गरेकी छिन् । उनले सामाजिक सञ्जाल टिकटकमार्फत् हल्लाको खण्डन गरेकी हुन् ।

‘मेरो बारेमा केही कुरा छपिएको भन्ने सुने, त्यो कुरामा कुनै सत्यता छैन, पूर्णिकाले भनिन्, ‘तपाईंहरुलाई नपत्याइदिनहुन अनुरोध गर्दछु ।’ यसअघि पूर्णिकाको आफूभन्दा दश वर्ष जेठो प्रेमी भएको खबरहरु प्रकाशमा आएको थियो । माथवरसिंह थापाको सन्तान सुशीलबरसिंह थापाका छोरा धर्म थापा भएको खबर बाहिर आएको थियो ।

उक्त समाचारको पूर्णिकाले खण्डन गरेकी हुन् । पूर्णिका पछिल्लो समय लोकप्रीय छिन् । उनी सामाजिक सञ्जालमा छाइरहन्छिन् ।



प्रतिक्रिया दिनुहोस्