Logo

प्रचण्डले गृहजिल्ला चितवन पुगेर भने- देश र पार्टी दुर्घटनामा जाने गतिविधि हुन नदिन अन्तिम समयसम्म पहल गर्छु



काठमाडौं, २७ असार । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश र पार्टी दुर्घटनामा जाने गतिविधि हुन नदिन आफूले पहल गर्ने बताएका छन् । आज गृहजिल्ला चितवनको माडी पुगेर कार्यकर्ता भेटघाटमा अन्तिम समयसम्म धैर्यपूर्वक पहल गर्ने बताएका हुन् ।

‘मैंले देश र पार्टीलाई दुर्घटनामा जान कुनै गतिविधि हुन दिनेछैन र त्यस्तो गतिविधि हुन नदिन अन्तिम समयसम्म पहल गर्ने विश्वास दिलाउँछु,’ प्रचण्डले भने । उनले हतारमा कदम चालेर फुर्सदमा पछुताउनुपर्ने अवस्था नआओस् भनेर धैर्यता देखाइरहेको बताए । तर, यसलाई कमजोर नठान्न समेत भने । पार्टी एकता कायमै राख्न आफूले धेरै त्याग गरेको स्मरण गराए ।

देशमा राजनीतिक स्थिरता र स्थायित्वको लागि आफू सधै प्रतिवद्ध भएर लागेको बताए । उनले पार्टी कार्यकर्तालाई अविचलित रही काम गर्न समेत भने ।

पार्टीको एकता कायमै राख्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेट सकारात्मक भएको बताए । उनले छिट्टै समस्या समाधान गरिने समेत बताए ।

बाढी र कटानको नीरिक्षण गर्न प्रचण्ड आज गृहजिल्ला चितवन पुगेका थिए । उनले आजै कटानको नीरिक्षण समेत गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्