Logo

अवैध रुपमा मृगौला प्रत्यारोपण गरेको अभियोगमा चार जना डाक्टर पक्राउ



असार २७, काठमाण्डौ । अवैध रुपमा मृगौला प्रत्यारोपण गरेको अभियोगमा प्रहरीले चितवनको भरतपुर मेडिकल कलेज (पुरानो मेडिकल कलेज) बाट चार जना डाक्टरहरुलाई पक्राउ गरेको छ ।

मानव बेचबिखन अनुसन्धान ब्युरोबाट गएको टोलीले डाक्टरहरुलाई पक्राउ गरि काठमाडौं ल्याउदैँ छ । यस विषयमा ब्युरोले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिने तयारी गरेको छ ।

सो कलेजले एक जना नेपाली नागरिकलाई भारतीय बनाएर मृगौला प्रत्यारोपण गरेको दावी गरिएको छ ।

ब्युरोको लामो समयको अनुसन्धानपछि डाक्टरहरु पक्राउ परेका हुन । सो अस्पताल चितवनको पुरानो मेडिकल कलेजको नामले परिचित छ ।

पक्राउ पर्नेमा अस्पतालको मिर्गौला रोग विभागका प्रमुख प्रा. डा. राकेश बर्मा, प्रा. डा. बालकृष्ण कालाखेती, डा. किरण अधिकारी र डा. सुप्रभात श्रेष्ठ छन् । डा. सुभात श्रेष्ठ कलेजका सीईओ र मेडिकल काउन्सिलका सदस्य पनि हुन् ।

यस्तै जिल्ला प्रशासन कार्यालय चितवनका एक अधिकारी र अधिवक्ता रमेश काफ्ले पनि पक्राउ परेका छन् ।



प्रतिक्रिया दिनुहोस्