Logo

म्याग्दीको बाढीपहिरोमा मृत्यु हुनेको सख्या २७ पुग्यो (सुचीसहित)



म्याग्दी, २७ असार । जिल्लाको विभिन्न स्थानमा शुक्रबार गएको बाढीपहिरोमा मृत्यु हुनेको संख्या २७ पुगेको छ । साँझसम्म २७ जनाको मृत्यु पुष्टि भएको छ । चारजना अझै वेपत्ता छन् ।

वेपत्तामध्ये तीनजना जिवितै सम्पर्कमा आएको प्रहरीले जनाएको छ । म्याग्दीको धवलागिरी, मालिक र रघुगंगा गाउँपालिकामा शुक्रबार पहिरो जाँदा ठुलो संख्यामा मानिसको मृत्यु भएको थियो ।

मृत्यु हुनेहरुमा धवलागिरी ६ मराङ्गका तुलबहादुर क्षेत्री, सुकना लामगादे, आशिष लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली, प्रकाश केसी, हिरमति जुग्जाली, कञ्चन जुग्जाली, करिश्मा जुग्जाली, गौशरा जुग्जाली, दिमा जुग्जाली र दिवान जुग्लाजी छन् ।

यसैगरी मालिक ७ का विष्णु पौडेल, इच्छा पौडेल, गौदेवी नेपाली, विशेष नेपाली, वीरबहादुर नेपाली, निशा नेपाली, विष्णु नेपाली, सन्दीप नेपाली छन् । रघुगंगा ठाडाखानीका नलीमान छन्त्यालको भने लापु खोलाले बगाएर मृत्यु भएको थियो ।

पहिरोले वेपत्ता भएकामा मालिका ७ बिमकी एलिसा केसी, धवलागिरी ६ कल्लेनिकी जनिमा केसी, सविन पुन छन् । दुखुखोलाले बगाएर मालिका ६ की गीता रोका पनि वेपत्ता भएकी छिन् ।

यसैगरी, पहिरोले वेपत्ता भएका मराङ रिखका धनबहादुर जुग्जाली, रितुकुमारी जुग्जाली, अर्जुन जुग्जाली सम्पर्कमा आएको प्रहरीले जानकारी दिएको छ ।

पहिरोले धवलागिरी, मालिका, रघुगंगा र बेनीका गरी ९ सय जनालाई जोखिममा पारेकाले सुरक्षित स्थानमा सारिएको छ । १२ जना घाइतेको हेलिकोप्टरबाट उद्धार गरी बेनी, मणिपाल अस्पताल पोखरा र काठमाडौंमा लगी उपचार गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्