Logo

पार्टीभित्रको विवादबारे दाहालले मुख खोले



चितवन, २७ असार । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई जोगाउन आफूले संघर्ष गरिरहेको बताएका छन् । शनिबार भरतपुर महानगरपालिका र माडी नगरपालिकाभित्र बाढी प्रभावित विभिन्न स्थानहरूको अवलोकन पश्चात माडीमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

कोरोनाको परिवेश देखाएर केही तत्व पार्टी ध्वस्त बनाउन लागिपरेको उनको भनाई थियो । ‘केही तत्व कहिले मलाई र कहिले प्रधानमन्त्री ओलीलाई उचाल्न सक्रिय छन्, तर हामी सधैं एक छौं, उनले भने । उनले आफूले एकतालाई जोगाउन सतर्कतापूर्वक संघर्ष गरिरहेको पनि जनाए । उनले आफूहरु पार्टी नफुटोस् भन्नेमा सचेत रहेको पनि स्पष्ट पारे ।

उनले कार्यकर्ताहरुलाई पार्टी फुटिहाले जस्तो गरेर आरोप प्रत्यारोपमा नउत्री एकढिक्का हुन आग्रह समेत गरे । उनले भने, ‘प्रधानमन्त्री ओली र म पार्टी भित्र स्वच्छ प्रतिस्पर्धामा छौं । हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने पक्षमा म छैन ।’



प्रतिक्रिया दिनुहोस्