Logo

मोदीलाई चुनौती दिन सोनियाले २६ वर्षीय हार्दिक पटेललाई दिइन् कँग्रेस आई गुजरात युनिटको नेतृत्व



एजेन्सी, २७ असार । भारतको गुजरात राज्यमा पटेल समुदायको आन्दोलनबाट उदाएक हार्दिक पटेलले राजनीतिक छलाङ मारेका छन् । उनी २६ वर्षकै उमेरमा भारतको कँग्रेस आईको गुजरात युनिटको अध्यक्ष नियुक्त भएका छन् ।

पटिदार समुदायको अधिकारका लागि चलेको आन्दोलनबाट हार्दिक पटेल कलिलो उमेरमै लोकप्रीयताको शिखरमा पुगेका थिए । सन् २०१५ मा पटिदार आन्दोलनका क्रममा पक्राउ परेपछि हार्दिक पटेलको अलग पहिचान बनेको थियो । उनी सन् २०१९ मा कँग्रेस आईमा आवद्ध भएका थिए ।

कँग्रेस आईकी अध्यक्ष सोनिया गान्धीले हार्दिक पटेललाई गुजरात युनिटको नेतृत्व जिम्मा दिनुलाई महत्वका साथ हेरिएको छ । भारतीय सञ्चारमाध्यमले यो खबरलाई प्राथमिकताका साथ प्रसारण र प्रकाशन गरेका छन् ।

गुजरात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य हो । भारतका गृहमन्त्री अमित शाह पनि गुजरातकै हुन् । हार्दिक पटेललाई गुजरात युनिटको जिम्मा दिएर कँग्रेस आईले भाजपालाई मोदीको गृहराज्यमै चुनौती दिने रणनीति चालेको कतिपयको बुझाई छ । तर, हार्दिक पटेलले कँग्रेस आईमा महत्वपूर्ण जिम्मेवारी पाएर राजनीतिक छलाङ मारेका छन् । यसले उनलाई भविष्यमा उच्च पदसम्म पुर्याउनसक्ने मार्ग समेत खोलिदिएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्