Logo

ग्याङस्टर दुबेः जसको इन्काउन्टरमा आमाबाबु र पत्नी दुःखी भएनन्, भने- जे भयो सही भयो (भिडियोसहित)



एजेन्सी, २७ असार । छोराछोरी जतिसुकै कुख्यात अपराधी भएपनि आमाबाबुको माया रहन्छ । तर, विकास दुबेको ‘प्रहरी इनकाउन्टर’मा मारिएको घटनामा भने अर्कै देखियो । उनका बाबुआमाले घटनालाई स्वाभाविक भने ।

आठ जना प्रहरीको हत्या गरी फरार दुबे शुक्रबार इन्काउन्टरमा मारिएका थिए । छोर पक्राउ परेलगत्तै उनकी आमाले प्रहरीले जे गर्छ गरोस् भनेकी थिइन् । छोराले गल्ती गरेको उनको भनाई थियो ।

दुबेका बाबुले पनि छोराले गल्ती गरेकोले मारिएको अभिव्यक्ति दिए । उनले मुख्यमन्त्री योगी आदित्यनाथले कर्तव्य पालना गरेको भने । बाबु छोराको अन्तिम बिदाईमा पुगेनन् ।

ग्याङस्टार विकास दुबेको शवलाई शनिबार कानपुरमा गाडियो । पत्नी रिचा दुबे पुगिन् । उनी २० वर्ष सँगै बिताएका पतिको मृत्युबाट दुःखी देखिइनन् । बरु जे भयो सही भयो भनिन् । प्रहरी घेराऊ बीच पुगेकी पत्नी रिचा दुबेले घटनालाई सही भनेकी थिइन् ।

पत्रकारले के यो ठिक भयो भनी सोधेको प्रश्नमा भनिन्, हो यो ठिक भयो । दबेका पिता रामकुमार अन्तिम बिदाईमा सहभागी हुन अस्वीकार गरेका थिए । उत्तर प्रदेश सरकारले आफ्ना छोरामाथि जे गर्यो ठिक गरेको बताए । उनको भनाई उदृत गर्दै फष्ट पोष्टले भनेको छ, उसले प्रहरीलाई आक्रमण गर्यो जुन माफी दिन लायक थिएन । मुख्यमन्त्रीको दायित्व नै सबै नागरिकको सुरक्षा गर्ने हो । बिकासले कहिले आफूहरुले भनेको नमानेको उनको भनाई थियो ।

एएनआईसँगको कुराकानीमा दुबेका पिता रामकुमारले भनेका छन्, ‘के उसले हामीले भनेको मान्यो ? उसको जीवन यसरी अन्त हुँदैनथियो । उसले हामीलाई कहिले सहयोग गरेन । उसको कारण हाम्रो पूर्वजको सम्पत्ति समेतमा क्षति पुर्याइयो । प्रशासनले ठिक गर्यो । यदि यस्तो गरिन्थिएन भने भोलि अरु पनि यस्तै निस्कन्थे ।’

यसैगरी दुबेका सहयोगीहरुको संयुक्त अरब इमिरेट्स र थाइल्यान्डमा पनि सम्पत्ति भेटिएको छ । दुबेले तीन वर्षमा १४ देश घुमेको रेकर्ड पत्ता लागेको छ । टाइम्स अफ इन्डियाले दुबेबारे तथ्यहरु खुलाएको छ । उनले २० करोडमा लखनऊमा महल खरिद गरेको विश्वास गरिएको छ ।

दुबेका छ सहयोग मारिएका छन् । १२ फरार छन् भने तीनजना घाइते अवस्थामा छन् ।



प्रतिक्रिया दिनुहोस्