अमिताभ बच्चनलाई कोरोना भाइरस संक्रमण पुस्टि


असार २७, एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना भाइरस संक्रमण पुस्टि भएको छ ।

कोरोना भाइरस संक्रमण भएपछि उनी अस्पताल भर्ना भएका छन्।

बच्चनलाई मुम्बईस्थित नानवती अस्पताल भर्ना गरिएको छ।

बच्चनले परीक्षणका क्रममा आफूलाई कोरोना पोजिटिभ देखिएको जानकारी फेसबुक तथा ट्विटरमार्फत् गराएका हुन्।