Logo

म्याग्दीमा पहिरोमा हराइरहेका २७ जनाको शव भेटियो



बेनी, २८ असार। हिमाली जिल्ला म्याग्दीको विभिन्न स्थानमा पहिरोमा परी बेपत्ता भएकामध्ये २७ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय, म्याग्दीका सूचना अधिकृत इन्स्पेक्टर डाक्टरप्रसाद चौधरीले दिएको जानकारी अनुसार रघुगङ्गा गाउँपालिका–६, पाखापानीको ठाडाखानीमा खोलाले बगाएका नलिमान छन्त्यालको शव शुक्रबार फेला परेको हो ।

त्यसैगरी, मालिका गाउँपालिका–७, बिममा पहिरोमा परी बेपत्ता भएकामध्ये ४० वर्षीया विष्णु पौडेल, चार वर्षीय इच्छा पौडेल, गौदेवी नेपाली, विशेष नेपाली, वीरबहादुर नेपाली, वीरबहादुरका तीन महिनाका छोरा, विष्णु नेपाली र सन्दीप नेपालीको शव फेला परेको छ ।

त्यस्तै, धौलागिरी गाउँपालिका–६, मराङका तुलबहादुर क्षेत्री, सुकना लामगादे, आशिष लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली र जनिमा केसीको छोरा प्रकाश के।सी, हिरामति जुग्जाली, करिश्मा जुग्जाली, कञ्चन जुग्जाली, गौशरा जुग्जाली, दिमा जुग्जाली, दीप्ति जुग्जाली, दिवान जुग्जालीको शव फेला परेको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्