Logo

यौनक्रिडामा बच्चाले बाधा पुर्‍याएको भन्दै जिउँदै गाड्ने दम्पत्ति पक्राउ



ऐजेन्सी, असार २८ । अर्जेन्टिनाका एक जोडिले आफ्नै दुई वर्षको बच्चालाई जिउँदै गाडिदिएका छन् । यसो गर्नुको कारण थाहा पाएपछि त्यहाँका मानिस एंवम प्रहरी समेत चकित परेका छन् । घुम्नका लागि दुई वर्षिय बच्चासहित अर्जेन्टिनाको ब्युनर्स आयर्सस्थित एक समुद्री किनारमा पुगेको उक्त जोडि यौन क्रियाकलापमा लिप्त भएको थियो ।

यौन क्रियाकलापमा व्यस्त उनीहरुलाई बच्चाले बाधा पुर्‍याएको भन्दै जिउँदै घाँटीसम्म बालुवामा खाडल खनेर गाडिदिएका थिए । क्षणिक आनन्दका लागि उनीहरुले गरेको यस्तो हर्कतले वरिपरिका मानिसहरु अचम्मित हुनुका साथसाथै त्रसित थिए । सो घटनालाई नियालेका केही मानिसहरुले प्रहरीलाई खबर गरिदिएका थिए । घटनाको खबर पाए लगत्तै ४५ मिनेट भित्र उक्त स्थानमा पुगेको प्रहरीले चर्को घाममा गाडिएको बच्चा फेला पारेको थियो । सो बच्चा भोक र प्यासले तड्पीरहेको पाइएको प्रहरीले जनाएका छन् ।

बच्चालाई उद्दार गरिसकेपछि प्रहरी यौनक्रीडामा लिप्त जोडीलाई समेत पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुको झोला जाँच गर्दा झोलाभित्र विभिन्न प्रकारका नसालु औषधि पनि फेला परेको प्रहरीले बतायो । आफ्नै बच्चामाथि यस्तो क्रुर व्यवहार गर्ने दम्पत्ति देखि सबै मानिस अचम्ममा परेका छन् । नाम नखुलाइएका २९ वर्षका बच्चाका बुबा अर्जेन्टिनाकै हुन् भने २९ वर्षकी आमा प्रागकी हुन् । मानिसहरुका अनुसार उनीहरुको साथमा अन्य एक पुरुष समेत रहेका थिए । प्रहरी पुगेसँगै उक्त पुरुष भने फरार भएका थिए ।

यौनक्रीडाका लागि बच्चाले बाधा पुर्‍याएपछि उनीहरुले बच्चालाई बालुवामा घाँटीसम्म गाडेको उनीहरुले प्रहरीसमक्ष बयान दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्