Logo

बलिउड अभिनेत्री रेखाका सेक्युरिटी गार्डमा देखियो कोरोना



एजेन्सी २८ असार : बलिउडकी चर्चित अभिनेत्री रेखाका सेक्युरिटी गार्डमा कोरोना संक्रमण पुष्टि भएको छ । गार्डमा संक्रमण पुष्टि भएपछि मुम्बइस्थित बान्द्रामा रहेको रेखा निवास सिल गरिएको छ ।

उक्त क्षेत्रमा उच्च सावधानी अपनाईएको छ। भारतमा कोरोना संक्रमण बढ्दै गएको छ। बलिउडका बिग बोस अमिताभ बच्चनलाई समेत कोरोना पुष्टि भएको छ। एक पछि अर्को संक्रमण पुष्टि हुदैगएपछि त्रास बढ्न थालेको देखिन्छ।



प्रतिक्रिया दिनुहोस्