Logo

बार्सिलोनाद्वारा भालाडोलिड पराजित, उपाधिको लागि दबाब कायमै



काठमाडौं, २८ असार । स्पेनिस लिग फुटबल ला लिगामा बार्सिलोना विजयी भएको छ । गएरातिको खेलमा रियाल भालाडोलिडलाई १–० ले हराउँदै बार्सिलोनाले तालिकाको शिर्ष स्थानमा रहेको रियाल मड्रिडसँग एक अंकको दुरी बनाएको हो ।

बार्सिलोनाको जितमा अर्टुरो भिडालले निर्णायक गोल गरे । जितसँगै बार्सिलोनाले ३६ खेलमा ७९ अंक जोडेको छ । एक खेल कम खेलेको रियाल मड्रिडको ८० अंक छ । ला लिगाअन्तर्गत गएराति भएका अन्य खेलहरुमा एथ्लेटिको मड्रिडले रियाल बेटिसलाई १–० ले हराउँदा ओसासुनाले सेल्टा भिगोमाथि २–१ को जित निकाल्यो । एजेन्सी



प्रतिक्रिया दिनुहोस्